अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

पुनर्गठित मन्त्रीपरिषद्मा सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई, तीन मन्त्री विनाविभागीय

बिआरटीनेपाल २०८० फागुन २१ गते ५:३८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वमा रहेका सबै मन्त्रीलाई बिदा गर्दै आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी तत्काल आफैं राख्नुभएको छ भने नयाँ गठबन्धनबाट तीन जनालाई विनाविभागीय मन्त्री बनाउनुभएको छ ।

प्रधानमन्त्रीले हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई मन्त्री नियुक्त गर्नुभएको हो। तीन मन्त्रीको सपथ आजै भएको छ । तर उनीहरुको मन्त्रालय तोकिएको छैन । नयाँ गठबन्धनमा छलफलपछि मन्त्रालयको भागबण्डा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू