अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

नयाँ गठबन्धनको दोस्रो बैठक: शक्ति बाँडफाँट गर्न ओली, रवि र उपेन्द्र बालुवाटारमा

बिआरटीनेपाल २०८० फागुन २१ गते ३:३३ मा प्रकाशित

नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो । छलफलका लागि एमाले अध्यक्ष केपी शर्माओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुग्नुभएको छ ।

यसअघि मन्त्री बाँडफाँट लगायतका मुख्य शक्ति भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदलले भागबन्डाको खाका तयार पार्न जिम्मा दिएको थियो । जसमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल, माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहनुभएको थियो ।

नेताहरूबिच सोमबार बिहान भएको सहमतिअनुसार एमाले, रास्वपा र माओवादीबाट एक–एक मन्त्रीले आजै शपथ खाँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू