अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

कांग्रेसले निजीकरणका नाममा निजी क्षेत्रपनि सक्यो -अध्यक्ष ओली

बिआरटीनेपाल २०८० फागुन २० गते ५:५२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै सकाएको टिप्पणी गर्नुभएको छ । देशको आर्थिक अवस्थाबारे आइतबार विज्ञहरुसँगको छलफलमा अध्यक्ष ओलीले निजीकरणका नाममा निजी क्षेत्रलाई समेत सिध्याएको बताउनुभएको हो । ‘कांग्रेसले कमिसनतन्त्रका कारण निजी क्षेत्रलाई समेत भ्रष्ट बनाइदियो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘जसले गर्दा उनीहरुले पनि चलाउनका लागि किनेनन् । वाँसबारी छालाजुत्ता कारखाना चलाउनका लागि किनेनन् । हेटौडा कागज कारखाना चलाउन किनेनन् ।’

उहाँले ती उद्योगहरु जमिनका लागि किनेर कमिसनको फोहोरी खेल भएको बताउनुभयो । ओलीले अहिले एमाले निजी क्षेत्रलाई विकासको इन्जिन बनाउन चाहेको भन्दै निजी क्षेत्रलाई भ्रष्टाचारको माध्यम बनाएर उद्यमशीलता नबढ्ने बताउनुभयो । ‘हामीले उद्यम, उद्यमशीलता होइन, अरू देशबाट ल्याएर यहाँ बेच्नेमात्रै, गाडीदेखि साइकल र सियो पनि बाहिरबाट ल्याउने । डिलरसिपमा प्रेरित गरिरहेका छौ’, ओलीले यस्तो प्रवृत्तिबाट देशको उन्नति नहुने ठहर गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू