अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

हङकङमा हुने त्रिदेशीय टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

बिआरटीनेपाल २०८० फागुन २० गते ५:१८ मा प्रकाशित

नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) बीच हङकङमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहित पौडेलको कप्तानीमा खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा लोकेश बम फर्किएका छन् भने आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ । शृङ्खला यही मार्च ९ तारिख अर्थात् आउँदो शनिवारदेखि मार्च १३ तारिखसम्म चल्नेछ ।

आउँदो विश्वकपको तयारीस्वरुप यो शृङ्खला हुन लागेको हो । नेपालले मार्च १० मा शृङ्खलाको पहिलो खेल हङकङसँग र मार्च ११ मा दोस्रो खेल पिएनजीसँग खेल्नेछ । मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्शन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू