अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स फाइनलमा, उपाधिका लागि पर्सि नेपालसँग खेल्ने

बिआरटीनेपाल २०८० फागुन २० गते ५:०६ मा प्रकाशित

नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडे ।

टस हारेर ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न शुरु भएको थियो । त्यसपछि थप खेल हुन नसकेपछि दुवै टाेलीले अङ्क बाँडे । नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुग्यो । अब नेदरल्यान्ड्सले फाइनलमा पर्सि नेपालसँग खेल्नेछ । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबियाले ४ खेलमा ३ अङ्क जोड्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू