अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

इजरायल र हमासबीच युद्धविराम हुने संकेत

बिआरटीनेपाल २०८० फागुन २० गते ५:०२ मा प्रकाशित

इजरायल र हमासबीच जारी युद्ध चरम उत्कर्षका पुगेकै बेला इजरायल हमाससँग ६ साताका लागि युद्धविराम गर्न सहमत भएको छ । यद्दपी हमासले भने कुने जवाफ दिएको छैन ।कतारको मध्यस्थतामा हमास र इजरायलबीच बारम्बार छलफल भइरहँदा हमास पनि केही हदसम्म युद्धविरामका लागि लचक भए पनि कुनै जवाफ भने दिएको छैन । अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले आफनो नियन्त्रणमा रहेका प्यालेष्टेनीहरु रिहा गर्न पनि सहमत भएको छ ।

इजरायलले पछिल्लो समय गाजापट्टीमा दैनिक रुपमा गरेको आक्रमणमा सयौं सर्वसाधारण मारिएपछि अमेरिका लगायत पश्चिमा राष्ट्रहरुको चौतर्फी आलोचना खेपेपछि युद्धविरामका लागि सहमत भएको हो । यसैबीच अमेरिकाले गाजामा आपतकालीन मानवीय सहायता उपलब्ध गराएको छ । अमेरिकाले जोर्डनको सहायतामा ३८ हजार खाद्यान्न प्याकेट उपलब्ध गराएको छ । सेन्ट्रल कमाण्ड र रोयल जोर्डनियन वायु सेनाले हिजो गाजामा युद्धमा पिल्सिएका सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराएको हो । बण्डलका रुपमा व्यवस्थित गरिएको खाद्यान्न युद्धपीडित सर्वसाधारण समक्ष पुगेको अमेरिकी दाबी छ ।

इजरायलले गाजामा गत अक्टोबरदेखि गरेको आक्रमणमा हालसम्म ३० हजारको मृत्यु भइसकेको छ जसमा महिला र बालबालिकाको संख्या मात्रै ९ हजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू