अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिप : नेपाल बङ्लादेशसँग २ गाेलले पराजित

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:५३ मा प्रकाशित

१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल पहिलाे खेलमा पराजित भएको छ । एन्फा कम्प्लेक्स ललितपुरमा आज भएको खेलमा नेपाल बङ्लादेशसँग २-० ले पराजित भयो । बङ्गलादेशले दुवै गाेल पहिलाे हाफमा गर्‍याे । बङ्गलादेशकी साैरभी अकन्दा प्रितीले २५ र ३१ औँ मिनेटमा गाेल गरिन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीले एकआपसमा खेल्नेछन् । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू