अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

कडा सुरक्षाकाबीच रुसी विपक्षी नेता नाभाल्नीको अन्तिम संस्कार

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:२६ मा प्रकाशित

दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उहाँलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए ।

कतिपयले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आलोचनात्मक नाराबाजी गरेका बीबीसीले जनाएको छ । उहाँको शवलाई बोरिसअफ्स्कया चिहानस्थलमा गाडिएको थियो । नाभाल्नीको शव चिहानमा गाड्ने बेला चिहानस्थलभित्र उहाँकी आमा पुग्नुभएको थियो ।

रुसी अधिकारीहरूले शुरुमा उहाँको शव आमालाई दिन अस्वीकार समेत गरेका थिए । नाभाल्नीका समर्थक र केही पश्चिमा नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नियोजितरुपमा हत्या गराएको आरोप लगाइरहेका छन् तर यी आरोपको मस्कोले खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू