अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

फेब्रुअरीमा ९७ हजार पर्यटक नेपाल आए, सबैभन्दा बढी भारतका

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:१५ मा प्रकाशित

पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउने क्रम बढेको छ।नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन्। गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए।

विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन्। यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय ७८ पर्यटक रहेका छन्।

चीनबाट ९ हजार १ सय ८०, अमेरिकाबाट ९ हजार, थाइल्यान्डबाट ४ हजार ७ सय ९९, बेलायतबाट ४ हजार ५ सय ७१, बङ्गलादेशबाट ४ हजार ९९, श्रीलङ्काबाट ३ हजार ६ सय ८४ जना नेपाल आएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू