अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

इजरायली बमबारीमा ७ जना बन्धकको ज्यान गएको हमासको दाबी

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:०८ मा प्रकाशित

इजरायलले गरेको बमबारीका कारण गाजा पट्टीमा सात जना बन्धकको ज्यान गएको प्यालेस्टिनको हमासले दाबी गरेको छ । इजरायली बमबारीमा आफ्ना केही लडाकु पनि मारिएका हमासले बताएको बीबीसीले जनाएको छ ।बमबारीमा मारिएका बन्धकको सङ्ख्या ७० पुग्न सक्ने जनाको खबरमा उल्लेख छ । यद्दपि हमासको यो दाबीलाई स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । मारिएका दाबी गरिएको सात बन्धक पहिले नै मारिएका ३१ बन्धकमध्ये हो या होइनन् भन्ने स्पष्ट भइसकेको छैन । इजरायलको तर्फबाट यसबारेमा कुनै टिप्पणी आएको छैन ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दै दुई सय ५३ जनालाई बन्धक बनाएको थियो । हमासको यो आक्रमणमा आफ्ना १२ सय जना नागरिक मारिएका इजरायलले बताएको छ । इजरायलले हमासविरुद्ध कारबाही शुरु गरेको थियो । इजरायली आक्रमणका क्रममा गाजामा झन्डै ३० हजार जनाभन्दा धेरैको ज्यान गएको छ भने सहर लगभग ध्वस्त भइसकेको छ । हमासले बन्धक बनाएकामध्ये अझै केही रिहा हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू