अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

अफगानिस्तानमा हिमपातका कारण १५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:०४ मा प्रकाशित

अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको ज्यान गएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको हिमपातका कारण झन्डै १० हजार पुशचौपाया मरेका समाचारमा उल्लेख छ  ।

हिमपातका कारण धेरै सडकहरू बन्द भएका र पशुचौपाया भोकभोकै रहेकाले स्थानीयवासीले तत्काल सरकारी सहयोगका लागि आग्रह गरेका छन् । यसैबीच अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेषगरी पशुधनीहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ ।

कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताउनुभयो । बन्द सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकाहरूलाई उद्धार गर्न यी समितिहरू लागिपरेका समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू