अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:०० मा प्रकाशित

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल उपाधि नजिकै पुगेकाे हाे । नेदरल्यान्ड्सले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।

यो जितसँगै नेपालको ४ अङ्क भएको छ र फाइनल खेल्ने पक्का भएको छ । शृङ्खलाकाे अन्तिम खेलमा भोलि नेदरल्यान्ड्स र नामिबियाले खेल्नेछन् । नेदरल्यान्ड्सले जितेमा ६ अङ्कसहित ऊ नै फाइनलमा पुग्नेछ । तर नामिबियाले जितेमा भने नेदरल्यान्ड्सकाे रन रेट  घट्नेछ । रन रेटका आधारमा नामिबिया र नेदरल्यान्ड्समध्ये एउटा टोली फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू