अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

उपनिर्वाचनको कार्यक्रम स्वीकृत : चैत २४ गते मनोनयन दर्ता

बिआरटीनेपाल २०८० फागुन १८ गते ६:३५ मा प्रकाशित

निर्वाचन आयोगले २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १(१)  मा उपनिर्वाचन हुन लागेको हो।कार्यक्रमअनुसार २०८० चैत २४ गते बिहान १० बजेदेखि बेलु्का ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित हुनेछ।उम्मेदवारहरूको विरोधमा उजुरीको समय २०८० चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ। सोही दिनको दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्म मनोनयन र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिनेछ।

यसैगरी चैत २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। २०८० चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। निर्वाचन कार्यक्रमअनुसार वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू