अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८
| Colorodo: 22:23
प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताउनुभएको हो ।
सांसद सिंहले काठमाडौंले मधेशका मान्छेका कारणले फलफुल र तरकारी खान पाइरहेको भएपनि मधेशका मान्छेहरुलाई अपमान गरिएको बताउनुभयो । उहाँले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताउनुभयो ।
सांसद सिंहले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताउनुभयो ।