अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

२०२३ काे पछिल्लो ३ महिनामा भारतको अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०८० फागुन १८ गते ५:१७ मा प्रकाशित

सन् २०२३ को पछिल्लो तीन महिनामा भारतको अर्थतन्त्र आठ दशमलव चार प्रतिशतले बढेको छ । योसँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । भारतमा आमचुनाव हुन लागेको बेला यो तथ्याङ्क सार्वजनिक भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो तथ्याङ्कले देशको अर्थव्यवस्थाको शक्ति र क्षमतालाई देखाएको सामाजिक सञ्जालमार्फत एक्समा लेख्नुभएको छ ।

भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण भएको छ । अर्थतन्त्रमा अपेक्षा गरेभन्दा राम्रो हुनुमा उत्पादन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको खबरमा उल्लेख छ । भारतमा निजी उपभोगले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई तिहाइ हिस्सा ओगटेको छ ।

यस अवधिमा यो दर तीन दशमलव पाँच प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा भारतको अर्थतन्त्र छ दशमलव पाँच प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यस्तै चीनको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू