अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

बंगलादेशको ढाकामा एउटा भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु

बिआरटीनेपाल २०८० फागुन १८ गते ५:०५ मा प्रकाशित

बंगलादेशको राजधानी ढाकामा एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार राती करिब १० बजे एउटा रेस्टुरेन्टबाट आगो फैलिएको थियो । ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको थियो भने शहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । त्यहाँ थप दर्जनौंलाई उपचारका लागि पठाइएको छ ।

उक्त कम्प्लेक्समा अन्य रेस्टुरेन्ट तथा कपडा र मोबाइल फोन पसलहरू पनि थिए । बंगलादेशमा व्यावसायिक र आवासीय भवनहरूमा आगलागी हुनु सामान्य कुरा हो । कमजोर नियमन, फितलो कानुनी व्यवस्था तथा जनचेतनाको अभावले हरेक वर्ष सैयौंले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू