अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

परमाणु हतियार प्रयोग गर्ने राष्ट्रपति पुटिनको चेतावनी

बिआरटीनेपाल २०८० फागुन १८ गते ५:०३ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूको सहयोगको आलोचना गदै आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मा रुसले नलिने चेतावनी समेत दिनुभयो । राष्ट्रपति पुटिनले रुस, युक्रेन युद्ध जित्ने योजनामा मात्र केन्द्रित रहेको भन्दै युरोपमा आक्रमण गर्ने कुनै योजना आफुहरुको नभएको प्रष्ट पार्नुभयो ।

यसैगरि पुटिनले रुस आणविक हतियारले सुसज्जित रहेकाले आफूसँग नखेल्न सचेत पार्दै पश्चिमा देशहरूले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला फैलाइरहेको जिकिर समेत गर्नुभयो ।साथै संसारको सबैभन्दा ठुलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको संकेत गर्नुभयो । सम्बोधनका क्रममा पुटिनले राष्ट्रपतीय निर्वाचनमा आफुलाई साथ दिन जनतासँग अनुरोध गर्नुभयो । रुसमा मार्च १५ देखि १७ सम्म चुनाव हुँदैछ । अहिलेसम्म पुटिननै पुनः निर्वाचित हुने लगभग पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू