अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

भरतपुर भ्रमण वर्ष सुरु

बिआरटीनेपाल २०८० फागुन १८ गते ५:०२ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिकाले शुक्रबारदेखि भरतपुर भ्रमण वर्ष सुरु गरेको छ ।सन् २०२४ को तेस्रो महिना मार्च लागेपछि भ्रमण वर्ष २०२४ को शुभराम्भ गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा आयोजित भ्रमण वर्ष २०२४ को उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा पाँच जना पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, केपी शर्मा ओली र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रमलाई पूर्व प्रधानमन्त्रीहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू