अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

गठबन्धन दाँयाबाँया हुन्न, पाँच वर्षसम्म अगाडि बढ्छ : उपप्रधानमन्त्री खड्का

बिआरटीनेपाल २०८० फागुन १८ गते ४:५२ मा प्रकाशित

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्तारुढ गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री खड्काले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म निरन्तर रुपमा अगाडि बढ्ने बताउनुभएको हो । उहाँले गठबन्धनमा दाँयाबाँया नहुने बताउनुभयो ।

मन्त्री खड्काले गठबन्धनका बीचमा केही समस्या भएमा छलफलका माध्यमबाट टुंगो लगाउने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत रुपमा उम्मेदवारी दिने बताउनुभयो । मन्त्री खड्काले गठबन्धन तलमाथि हुने कुराको आफुले कल्पना समेत नगरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू