अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

माओवादीका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

बिआरटीनेपाल २०८० फागुन १८ गते ४:५० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने बताउनुभएको हो ।

मन्त्री शर्माले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताउनुभयो । उहाँले माओवादीको राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताउनुभयो ।

मन्त्री शर्माले अहिलेको अवस्थामा गठबन्धनमा कुनै खटपट नआएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू