अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्छ – अध्यक्ष माधव नेपाल

बिआरटीनेपाल २०८० फागुन १७ गते ६:२७ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गर्नुभएको छ । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताउनुभएको हो ।

राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता रुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ(आफ्ना उम्मेदवार उठाउने दावी गरेका छन्। राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदैछ। अध्यक्ष नेपालले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राख्नुभयो। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गनुृभयो। गठबन्धनभित्र दरार देखिए हल गरिने नेपालको भनाइ छ ।

अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू