अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

राप्रपाले चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्दै

बिआरटीनेपाल २०८० फागुन १७ गते ६:०३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्ने भएको छ।प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने पार्टीले निर्णय गरेको हो। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको ४० बुँदे माग पूरा गराउन दवाव दिन जिल्लाहरूमा जनदवाका कार्यक्रम गर्ने र काठमाडौंमा जनसंघर्ष गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो।

राप्रपाले बुधबार जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षणसमेत दिएको छ। अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको अपरिहार्यताका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।

महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक धवलशमसेर राणाले संघर्षको कार्यक्रमको खाका पेश गर्नुभएको थियो भने कोषाध्यक्ष निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन तथा प्रवक्ता श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा प्रशिक्षण दिनुभएको थियो । राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण गर्ने बताएको छ।

साथै फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा गर्ने निर्णय गरेको छ। चैत १० गते देशका मुख्य सहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू