अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे

बिआरटीनेपाल २०८० फागुन १७ गते ५:४७ मा प्रकाशित

साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ । हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से २८ दशमलव ६८ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले तथा अपर साङ्गे र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भएको दिन आज बोटलर्स नेपाल बालाजुको शेयर १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज ७४ लाख ४६ हजार नौ सय कित्ता शेयर दुई अर्ब ५९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू