अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

बिआरटीनेपाल २०८० फागुन १७ गते ५:४३ मा प्रकाशित

इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा इजरायललाई ८० प्रतिशत अमेरिकीहरुले समर्थन गर्दै अमेरिकी सहयोगका कारण युद्धमा इजरायल विजयी हुने दाबी गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमाससँगको जारी युद्धमा इजरायलले विश्वव्यापी रुपमा समर्थन गुमाउने खतरा बढ्दै गएको चेतावनी जारी गरेपछि नेतान्याहुको यो भनाइ सार्वजनिक भएको हो । इजरायलली प्रधानमन्त्री नेतान्याहुले एक वक्तवय प्रकाशित गरी युद्ध शुरु भएको दिनदेखि अमेरिकाले युद्ध अन्त्य गर्न र इजरायललाई समर्थन गर्दै आएको जनाउनु भएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता यी दुई राष्ट्रबीच युद्धविराम हुन सक्ने दाबी गर्नुभएको थियो । कतारको मध्यस्थतामा इजरायल र हमासका प्रतिनिधीबीचको वार्ता सकारात्मक रहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडेनले आगामी सोमबार सम्ममा युद्धविराम हने संकेत गर्नुभएको थियो ।

यसैबीच ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले हमास बन्धकहरु रिहाइका लागि र इजरायल पनि मानवीय सहायताका लागि लचिलो हुने सम्झौता भएको खुलासा गर्दै आगामी साता युद्धबिराम हुने आशा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू