अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

राष्ट्रिय सभालाई सरकारले हेप्यो : सांसद पौड्याल

बिआरटीनेपाल २०८० फागुन १७ गते ५:३२ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै सांसद पौड्यालले यस्तो बताउनुभएको हो ।

सांसद पौड्यालले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहेपनि कर्मचारी समेत उपस्थिति नभएको बताउनुभयो । उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सम्बन्धित मन्त्रायलको विषयमा मन्त्री उपस्थिति नहुनुले राष्ट्रिय सभाको ओझ घटेको महशुस भएको बताउनुभयो ।

सांसद पौड्यालले सुरु भइसकेका आयोजना कुनैपनि सरकारले शुरु गरेको भएपनि पूरा गर्नेतिर बजेट र कार्यक्रमको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू