अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण विभागलाई संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०८० फागुन १७ गते ५:३३ मा प्रकाशित

राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक सम्पती शुद्धीकरण सम्बन्धि भएको छलफल प्रश्चात समितिले विभागलाई यस्तो आग्रह गरेको हो ।

समिति सभापति रामहरी खतिवडाले समिति बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गर्नुभयो । उहाँले विभागले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन आग्रह गर्नुभयो ।

सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजस्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताउनुभयो । उहाँले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धिले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गर्नुभयो ।

उहाँले बेनामी रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू