अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

मिटरब्याज पीडित र सरकारबीचको वार्ता तेस्रो दिन पनि निष्कर्षविहीन

बिआरटीनेपाल २०८० फागुन १६ गते ६:०९ मा प्रकाशित

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । बुधबार गृह मन्त्रालयमा भएको मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्तामा समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो । वार्ता पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताउनुभयो ।

उहाँले आफूहरूको आन्दोलन जारी रहने पनि बताउनुभयो । आफूहरूले फर्जी लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग राखेको बताउनुभयो । त्यस्तै, साहुहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि आफूहरूको माग रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू