अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

नेप्से स्थिर, तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो

बिआरटीनेपाल २०८० फागुन १६ गते ५:३५ मा प्रकाशित

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २०००.७७ विन्दुमा बन्द भएको छ । गत मंगलबार पनि यही विन्दु आसपास नेप्से बन्द भएको थियो । मंगलबारको तुलनामा आज कारोबार रकम भने बढेको छ । यसदिन दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार भने एक अर्ब ८६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) छन् । विशाल बजार कम्पनीको सेयर प्रतिकित्ता चार हजार २६ रुपैयाँमा कारोबार भएको छ भने बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य प्रतिकित्ता १९ हजार ६४१ रुपैयाँ र बोटलर्स नेपाल (तराई)को प्रतिकित्ता १६ हजार १४४ रुपैयाँ ७० पैसामा करोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ५.५ प्रतिशतले वृद्धि भएर २८८०.३८ विन्दु कायम भएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.९६ प्रतिशतले वृद्धि भएर ६७११.९१ विन्दुमा बन्द भएको छ । विकास बैंक समूहको परिसूचक भने १.११ प्रतिशत घटेर ३८८२.८४ विन्दुमा बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू