अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

रोजिता बुद्धाचार्य नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बन्न सफल

बिआरटीनेपाल २०८० फागुन १६ गते ५:२४ मा प्रकाशित

सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै उहाँ आज अध्ययनका लागि अमेरिकाको वासिङ्टन डिसीमा रहेको नासा जानु भएको छ ।

यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरमा रहेको  स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा छात्रवृत्तिमा अध्ययन गरिसक्नुभएको छ । विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै उहाँलाई स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा अध्ययन गर्ने अवसर मिलेको थियो ।

नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बनेसँगै रोजितालाई मोतीदेवी स्मृति केन्द्रले साहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिकको रुपमा सम्मान गरेको छ । उहाँले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू