अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

गठबन्धन खरानीको डल्लो हो, जुन बेलापनि फुट्न सक्छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० फागुन १६ गते ५:५२ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै अध्यक्ष ओलीले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गर्नुभयो ।बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाउनुभयो । उहाँले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गर्नुभयो ।

अध्यक्ष ओलीले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताउनुभयो । उहाँले कांग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष ओलीले कांग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू