अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

नामिबियासँग नेपाल पराजित

बिआरटीनेपाल २०८० फागुन १५ गते ५:१० मा प्रकाशित

त्रिदेशीय टी–ट्वेन्टी श्रृंखला अन्तर्गत भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको लेखेमा टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित ओभरमा चार विकेटको क्षतिमा २०६ रन बनाएको थियो । २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा १८६ रनमा अलआउट हुँदा नामिबियाले श्रृंखलाको विजयी सुरुवात गर्यो ।

नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानबाट एलबिडब्लू भई शून्य रनमा आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रन मात्रै जोड्न सके । कप्तान रोहित पौडेलले २४ बलमा ४२ रनको योगदान गर्दा कुशल मल्लले ३२ रन जोडे ।गुल्सन झा १२ रन जोडेर आउट भए भने सन्दीप जोराले ५ रन मात्र जोड्न सके । विवेक यादव पनि ६ रनमै आउट हुँदा सोमपाल कामीले २६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाउँदा अबिनाश बोहरा शून्य रनमा बोल्ड आउट भए ।

बलिङतर्फ नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिए भने जान फ्राइलिंक, बर्नाल्ड स्कोल्स र जान निकोलले २–२ विकेट लिए । आजको खेलमा नामिबियाका जान निकोल लेफ्टी इटनले सवैभन्दा छिटो शतक बनाउने विश्व कीर्तिमान पनि कायम गरेका छन् । उनले ३३ बलमा शतक पूरा गरेका हुन् । नेपालका कुशल मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेको विश्व रेकर्ड नामिवियाका लेफ्टी इटनले तोडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू