अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

शेयर बजारमा झिनो अंकको वृद्धि

बिआरटीनेपाल २०८० फागुन १५ गते ५:०४ मा प्रकाशित

शेयर बजारमा मंगलबार पनि सामान्य अंकको सुधार आएको छ । उतार चढावकाबीच ९ अंकले बजार उकालो लाग्दा बजारपरिसूचक नेप्सेले दुई हजारको बिन्दु पार गरेको छ ।१३ वटा उपसमुहरु मध्ये आधा हरियो आधा रातो रहँदा कारोबार रकम भने दुई अर्ब तलै रह्यो । बैक, जलविद्युत, उत्पादन, लघुवित्त, निर्जिबन वीमा र व्यापार समूह सामान्य अंकले बढ्दा वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा र अन्य समूह ओरालो लागेका छन् ।

मंगलबार बोटलर्स नेपाल बालाजु र बिपिडब्लु लघुवित्तको शेयर मूल्यमा सकारात्मक लेवलमा कारोबार भएको छ । कारोबार रकमको आधारमा सोनापुर मिन्नरल्सको सर्वाधिक १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । १ सय ४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ३ सय ८ कम्पनीको ५२ लाख कित्ता शेयर १ अर्ब ८६ करोड बराबरमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू