अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

लघुवित्त पीडित संसद भवन प्रवेश गरेको घटनामा छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:५३ मा प्रकाशित

निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संसद भवन प्रवेश गरेको घटनामा अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी छन् ।

प्रवक्ता ढकालले निषेधित क्षेत्रमा प्रदर्शन गर्न कसैलाई अनुमति नभएको बताउँदै घटनामा दोषी देखिएकाहरूमाथि कारवाही हुने बताउनुभयो। उहाँले भन्नुभयो ,’ उच्च सुरक्षा क्षेत्रभित्र रहेको संसद भवनमा प्रदर्शनकारीले प्रवेश गर्नु दुस्खद हो । के(कसो भएको रहेछ छानबिन समितिले अनुसन्धान गर्छ । लापरवाही गर्नेमाथि कानुनी सजाय हुन्छ’।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेका बेला लघुवित्त पीडितहरू भवन परिसरमा प्रवेश गरी नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सुतेर विरोध गरेका थिए। संसद भवनभित्रै प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा ४० जना बढि प्रदर्शनकारी पक्राउ परेका थिए। विभिन्न जिल्लाबाट पैदलै हिँडेर केहि दिनअघि काठमाडौं आएका उनीहरूले राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू