अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

नेप्से दोहोरो अंकले बढ्यो

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:४६ मा प्रकाशित

साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेर १९९२.३० को विन्दुमा पुगेको हो ।

यसदिन ३१४ धितोपत्रको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा किनबेच भएको छ । आज १३ वटा उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीन वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू