अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:४२ मा प्रकाशित

अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमणमा आउनुभएको छ । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री अख्तर आज नेपाल भ्रमणमा आउनुभएको हो ।नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो भ्रमणका क्रममा मन्त्री अख्तरले नेपालमा सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यलगायत उच्चस्तरीय भेटघाट गर्नुहुने छ ।

भ्रमणका क्रममा अख्तरले नेपालमा संयुक्तराज्य अमेरिका र नेपाल बिचको द्विपक्षीय सम्बन्धले शिक्षा, स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ । मन्त्री अख्तर ठिक एक वर्षअघि यसैबेला नेपाल भ्रमणमा आउनुभएको थियो। त्यतिबेला उहाँले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(ईसीमोड)तथा ऊर्जा नेपालका साझेदारहरुसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू