अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 12:35

भारतले १ खेलअघि नै जित्याे इङ्ल्यान्डसँगकाे टेस्ट क्रिकेट शृङ्खला

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:३५ मा प्रकाशित

भारतले १ खेलअघि नै इङ्ल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खला जितेको छ । चौथो टेस्टमा पाहुना टोलीलाई ५ विकेटले हराउँदै भारतले शृङ्खला जितेको हो ।इङ्ल्यान्डले दिएको १ सय ९२ रनको लक्ष्य भारतले चौथो दिनको खाना समयपछि ५ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ५५, शुभमन गिलले नट आउट ५२ रन बनाए । इङ्ल्यान्डका शोएब बशिरले ३ विकेट लिए । दोस्रो पारीमा इङ्ल्यान्ड १ सय ४५ रनमा समेटिएको थियो । इङ्ल्यान्डका ज्याक क्रलीले ६० रन बनाए । भारतका रविचन्द्रन अश्विनले ५, कुलदीप यादवले ४ विकेट लिए ।

यसअघि राँचीमा टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो पारीमा ३ सय ५३ रन बनाएको थियो । इङ्ल्यान्डका जोए रुटले नट आउट १ सय २२, ओले रोबिनसनले ५८ रन बनाए । भारतका रविन्द्र जडेजाले ४, आकाश दीपले ३ विकेट लिए । भारतले पहिलो पारीमा ३ सय ७ रन बनाएको थियो । भारतका ध्रुव जुरेलले ९०, यशस्वी जयसवालले ७३ रन बनाए । इङ्ल्यान्डका शोएब बशिरले ५ विकेट लिए । पहिलो टेस्ट इङ्ल्यान्डले जितेकोमा दोस्रो र तेस्रो टेस्ट भारतले जितेको थियो । अन्तिम तथा पाँचौँ टेस्ट मार्च ७ देखि धर्मशालामा शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू