अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

रुससँगको युद्धमा आफ्ना ३१ हजार सैनिक मारिएको युक्रेनी दाबी

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:३३ मा प्रकाशित

रुस र युक्रेनबीचको युद्ध ३ वर्षमा प्रवेश गर्दा युक्रेनका ३१ हजार सैनिकको मृत्यु भएको दाबी युक्रेनले गरेको छ । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले युद्धमा मारिेने आफना सैनिकहरुको विवरण सार्वजनिक गर्नुभएको हो । यद्दपी उहाँले घाइतेको संख्या भने खुलासा गर्नुभएन ।रुसले युद्धमा युक्रेनका ३ लाख सैनिक मारिएको बताएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको विवरण झुठो सावित गर्दै ३१ हजार सैनिक मारिएको दाबी गर्नुभएको हो ।

युक्रेनका विभिन्न क्षेत्र कब्जा गर्ने क्रममा हजारौं सर्वसाधारणको मृत्यु भएको स्वीकार्दै जेलेन्स्कीले उनीहरुको वास्तविक संख्या यकिन नभएको जानकारी समेत दिनुभयो ।यसअघि अमेरिकाले गत अगष्ट सम्ममा ७० हजार युक्रेनी सेना र १ लाख ८० हजार रुसी सेना मारिएको र दशौं हजार घाइते भएको दाबी गरेको थियो । यसैगरी बेलायतको रक्षा मन्त्रालयले युद्धका क्रममा हालसम्म ३ लाख ५० हजार रुसी सैनिक मारिएको अनुमान गरेको थियो ।

युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले युक्रेनका लागि पश्चिमा राष्ट्रहरुको सहयोगमा ढिलाइ भएको प्रतिक्रिया दिए लगत्तै जेलेन्स्कीले युद्धमा मारिएका आफना सैनिकहरुको विवरण सार्वजनि गर्नुभएको हो । विदेशी सहयोगमा भइरहेको ढिलाइका कारण युक्रेनलाई युद्धको सामना गर्न कठिन भएको भन्दै रक्षामन्त्री उमरोभले हरेक क्षेत्रमा अभाव झेलिरहेको युक्रेनले जसो तसो युद्धको सामना गरिरहेको प्रतिक्रिया दिनुभएको छ । रुस र युक्रेनबीचको युद्ध अहिले तेश्रो वर्षमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू