अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

राजेन्द्र महताेद्वारा लाेसपा परित्याग, नयाँ ‘आन्दाेलन’ काे घाेषणा

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:२८ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्नुभएको छ । काठमाण्डाैकाे राष्ट्रिय सभा गृहमा आज पत्रकार सम्मेलन गरेर उहाँले लोसपा परित्याग गरेको घोषणा गर्नुभएको हो । महतोले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणासमेत गर्नुभएको छ ।

महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आउनुभएको थियो । उहाँले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू