अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

गायक भक्तराज आचार्यको निधन

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:१६ मा प्रकाशित

गायक भक्तराज आचार्यको निधन भएको छ । बिरामी आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य विगत केही समयदेखि बिरामीहुनुहुन्थ्यो । उपचारका लागि आज मेडिसिटी लैजाँदै गर्दा आचार्यको बाटोमा निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार डेढ महिनादेखि आचार्यको उपचार भइरहेको थियो ।

आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो । निधन भएका आचार्यको शव भोलि बिहान अन्तिम श्रद्धान्जलीका लागि ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ । गायक आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ , माया मेरी साँझ बनी डोली चढी आउँछिन् जस्ता कालजयी गीतहरु गाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू