अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

सांसदहरुले उठाएको विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:११ मा प्रकाशित

सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । बैठकमा सभामुखले फागुन १८ गते बस्ने बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको हो । यसपछि संसदको अवरोध हटेको छ ।

यसअघि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरु भएको हो । सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भन्नुभयो – ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू