अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

जसपाद्वारा महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौैदा समिति गठन

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:०९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको हो ।

यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ । यसैगरि आसन्न महाधिवेशनका लागि आर्थिक श्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा ६ सदस्यीय आर्थिक श्रोत व्यवस्थापन समिति गठन भएको छ ।

यस्तै पार्टी विधान अनुसारको केन्द्रीय विभाग र पार्टी संयन्त्रहरु गठन, पुनर्गठन, अध्यावधिक र सदस्य संख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको जसपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू