अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

बालकुमारी घटनामा मन्त्री ज्वालाको कमजोरी देखिए तुरुन्तै राजीनामा गर्नुहुन्छ : सांसद चौधरी

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:०३ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो ।उहाँले सो प्रतिवेदन सांसदहरुले पढ्न पाउनुपर्ने बताउनु भयो । उहाँले प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएमा मन्त्री ज्वालाले आधा सेकेण्डमा राजीनामा दिने बताउनु भयो ।

सांसद चौधरीले भन्नुभयो – ‘यो तुरुन्तै सार्वजनिक गर्नुस् । हामी सांसदहरुले पनि अध्ययन गर्न पाउँ । यदी प्रकाश ज्वालाको कमजोरी देखिन्छ भने एक सेकेण्ड, आधा सेकेण्डमा राजीनामा गर्नुहुन्छ । पार्टीमा यस विषयमा छलफल भएको छैन । कमजोरी देखियो भने उहाँले आधा सेकेण्डमा राजीनामा दिनुहुन्छ । तर त्यसको लागि सरकारले त्यो सार्वजनिक गर्नुपर्यो । नि त ।’ सांसद चौधरीले मन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा पार्टीभित्र कुनै छलफल नभएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू