अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश

बिआरटीनेपाल २०८० फागुन १३ गते ६:०७ मा प्रकाशित

‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको स्पष्ट पार्नुभयो ।

‘राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेश गर्दछु।’ उहाँले भन्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको सो विधेयक प्रतिनिधिसभामा छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू