अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

माओवादी केन्द्रमा नेताहरूको कार्यविभाजनका विषयमा आन्तरिक छलफल सुरु

बिआरटीनेपाल २०८० फागुन १३ गते ५:५७ मा प्रकाशित

सत्तारूढ दल नेकपा ९माओवादी केन्द्र०का नेताहरूको कार्यविभाजनका निम्ति आन्तरिक छलफल थालिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार प्रदेश इन्जार्च र विभागहरूको कार्यविभाजन गर्ने विषयमा प्रारम्भिक छलफल गरिएको हो ।

विधान अधिवेशनको निर्णयानुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्यसम्पादन हुने गरी नेताहरूको कार्यविभाजन गर्ने विषयमा छलफल गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र पार्टीको चैत १ गतेदेखि सुरु हुने तराई–मधेस जागरण, पूर्वपश्चिम, उत्तर दक्षिणका अभियान, प्रदेशमा आफ्नो सापेक्षतामा अभियान सञ्चालनका निम्ति मार्गचित्र बनाउन पनि नेताहरूलाई निर्देशन दिनुभएको थियो ।

नेताहरूको कार्यविभाजन र पार्टीको आउँदो योजना तथा कार्यक्रमका बारेमा गृहकार्य गर्न उहाँले आफूहरूलाई दुई दिनको समय दिएको र आउँदो मंगलबार बिहान साढे ८ बजे बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल गरिने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । प्रवक्ता सापकोटाले बालकुमारी घटनाबारे छानबिन समितिको प्रतिवेदनका विषयमा आजको बैठकमा छलफल नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू