अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

राष्ट्र निर्माणमा अन्य पार्टीभन्दा कांग्रेसको दायित्व बढी : सिटौला

बिआरटीनेपाल २०८० फागुन १३ गते ५:५५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलालले संविधानको लक्ष्यअनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने बताउनुभएको छ। आइतबार सिंहदरबारमा कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताउनुभएको हो ।

ुहामीले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई जनतो हितमा,संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्नुपर्छ। नेपाली कांग्रेसको अरु पार्टीभन्दा बढि दायित्व छ जस्तो मलाई लाग्छ। शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी पनि कांग्रेसको काँधमा छ,सिटौलाले भन्नुभयो,’अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन,बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ’।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा,कृष्णबहादुर रोकाया र बलदेव बोहरा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू