अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

सुशासनको अभियान रोकिंदैन -गृहमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० फागुन १२ गते ४:०८ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गर्नुभएको छ । सप्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सुशासनको अभियान अन्तरगत सरकारले ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइछाड्छौं । र, नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको अन्त्य गरिछाड्छौं ।’

सरकारी जग्गा कब्जा गर्नेहरुलाई कारवाही गर्ने छुट प्रक्रिया नरोकिने उहाको भनाई छ । श्रेष्ठले ललिता निवासजस्तै गैरकानूनी रुपमा कब्जा गरेका जग्गा फिर्ता ल्याउन सबै जिल्लाका सर्कुलर गरेको बताउनुभयो । सहकारी र लघुवित्तको समस्या समाधान गर्नको लागि सरकारले पहल गरिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू