अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

प्राप्त उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्छ : महामन्त्री थापा

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:३९ मा प्रकाशित

नेपाली कांंग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।महामन्त्री थापाले राजनीतिक दलहरुले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरु मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताउनुभयो ।

महामन्त्री थापाले राजनीतिक दलहरु एकअर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताउनुभयो । उहाँले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताउनुभयो । महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू