अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ : सभामुख घिमिरे

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:३८ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ । राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको सभामुख घिमिरेको भनाई थियो ।राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारालाई नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो ।

सभामुख घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरु लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरुले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरले बताउनुभयो । उहाँले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल)ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराउनुभयो । क्यान्सर रोगको पीडाबाट मुक्त हुनुभएका उहाँले किशोरीहरुलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शिर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाडांै उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने पनि बताउनुभयो । सांसद सुवालले क्यान्सर रोगबाट गरिव बढी मर्ने भएकाले उनीहरुका लागि विशेषे सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू