अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

प्रसूति गृहबाट शिशु चोरीको आरोपमा ३ जना पक्राउ

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:३६ मा प्रकाशित

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भइ काठमाडौको काँडाघारीमा डेरा गरी बस्ने मनीषा सिंहसहित उनकी दिदी र श्रीमान रहेका छन् । शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट शिशुलाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

विवाह गरेको लामो समय हुँदा पनि सन्तान नभएपछि मनीषाले शिशु चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रसूतिगृहबाट शिशु चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत शिशु लिन पुगेकी थिइन् । शिशु लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराइएको थियो ।

शिशुको उद्धार गरिएपछि स्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली घर भएका कपन निवासी सविना श्रेष्ठको शिशु शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू