अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्र संस्थागत हुँदैन : पदम गिरी

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:३५ मा प्रकाशित

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक गिरीले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताउनुभयो ।

प्रमुख सचेतक गिरीले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने बताउनुभयो । उहाँले यस्ता कुराहरु अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सबै मानिसहरुले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताउनुभयो ।

प्रमुख सचेतक गिरीले जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ सही नभएको बताउनुभयो । आफ्ना कुराप्रति जिम्मेवार नभएसम्म सुसंगत समाज र समृद्धिको संकल्पतिर जान नसकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू